Section 47
जफत भएको र भन्सारबाट नछुटाएको मालवस्तु नेपाल सरकारको हुने
(१) यस ऐन बमोजिम जफत गरिएको मालवस्तु नेपाल सरकारको हुनेछ ।

(२) भन्सारमा रहेको मालवस्तु सम्बन्धित मालवस्तु धनीले तोकिएको अवधिभित्र छुटाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको अवधिभित्र छुटाई नलगेको मालवस्तु छुटाई लैजान सम्बन्धित भन्सार कार्यालयले सात दिनको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको सूचना प्रकाशन भएपछि सम्बन्धित मालवस्तुको धनीले उपदफा (२) को अवधिभित्र मालवस्तु छुटाई लैजान नसकेको मनासिब कारण सहितको निवेदन भन्सार कार्यालयमा दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार अधिकृतले लाग्ने महसुल लिई त्यस्तो मालवस्तु छुटाई लैजान निजलाई अनुमति दिन सक्नेछ ।

(५) उपदफा (३) बमोजिमको सूचना प्रकाशन गर्दा पनि भन्सार कार्यालयबाट छुटाई नलगेको मालवस्तु सम्बन्धित भन्सार अधिकृतले जफत गर्नेछ र त्यस्तो मालवस्तु नेपाल सरकारको हुनेछ ।